संसदबाट जनताको आशा र अपेक्षा धेरै छ : सभामुख घिमिरे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताउनु भएको छ ।

नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरुसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताउनु भयो । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उहाँले बताउनु भयो ।

यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि वर्ष २०७९ मा पनि देशले स्थिरता दिन नसकेको बताउनु भयो ।

दुई महिनामै सरकार परिवर्तन हुँदा निरासा पैदा भएको बताउँदै उहाँले सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न नपाएको बताउनु भयो ।

‘विधेयकहरु समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद् छ । समितिहरु ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरु अघि बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?