कान्छी प्राध्यापक प्राडा. उर्मिला प्याकुरेलको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेलको ४२ वर्षको उमेरमा निधन भएको छ । सात वर्षदेखि क्यान्सरको उपचार गराइरहनु भएकी उहाँको बुधबार राति नर्भिक अस्पतालमा निधन भएको हो । दिवंगत प्याकुरेलको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

स्व. प्याकुरेल त्रिभुवन विश्वविद्यालयकै गणित विषयकी कान्छी प्राध्यापक हुनुहुन्थ्यो । उहाँले क्यान्सर लागेकै बेला त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको थियो भने ४१ वर्षको उमेरमै प्राध्यापक पदमा बढुवा हुनुभएको थियो ।

‘उहाँको उपचार सहयोग संकलनका लागि थालिएको अभियान अन्त्य भएको व्यहोरा परिवारका तर्फबाट सबैमा जानकारी गराउछौँ । यहाँहरूले गर्नुभएको माया, सद्भाव र सहयोगप्रति आभारी छौँ । यहाँहरूले गर्नुभएको सहयोग तर उपचारमा प्रयोग हुन नपाएको संकलित स्रोतलाई उहाँकै स्मृतिमा यहाँहरूसँगको परामर्शमा उपयोग गरिने व्यहोरा अवगत गराउँछौँ’, उहाँका भाइ राजेन्द्र प्याकुरेलले भन्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?