✍️ टंक पराजुली
आमा
अझै
बाँकी छन् ती निर्मम यादहरू
आफ्नै छायाँसित पनि तर्सिन्छु
म कहिलेकाहीँ
मन अनि मुटुभरि थुप्रै याद सँगालेर
आशा अनि भरोसामा हर्सिन्छु
आफ्नैबाट रेटिँदाको पीँडा
असीम हुँदोरहेछ
ज्यूँदै पिचासहरूको शिकार बन्दा
ऋाफ्नै रगतको ओछ्यानमा
अन्तिम सास फेर्दा पनि
मनोरञ्जनको पात्र बन्नु पर्दो रहेछ
याद छ मलाइ त्यो दिन
आमा
तिम्रो त्यो रातो सारी र मफलर च्यातिएको
न्यायको आवाजले सडक र सञ्जाल तातेको
अनि सहानुभूति र
उधारो न्यायको आशमा बाँचेको दिन
तिमीलाई न्याय दिलाउन
अदालत धाउँदा-धाउँदा
म हैरान भइसके
त्यो न्यायालय पिचास
रहेछ द्रव्यको
पीडितको भन्दा पीडकको कुरा सुनिँदोरहेछ
न्यायिक ठेकेदार बसेको त्यो ठाउँ
नर्कको एउटा भूभाग रहेछ
धेरै भयो
आशाको बत्ती निभेको
तिम्रो ओठबाट मुस्कानले बिदाइ लिएको
तिम्रो बिदाइको लागि राक्षसहरूले
वीर्यको बलिदान दिएको
सक्दिन त्यी दिनहरू सझिन
कस्तो अभागी देशमा जन्म लिएछु
तिम्रो आत्मालाई न्याय दिलाउन
नसके पनि
आर्यघाटमा तिमीलाई पिण्ड दिएको छु
र
यहीँ आर्यघाट आफ्नो अवसान गर्दै
अर्को जुनिमा
तिम्रै कोखबाट न्याय किन्न सक्ने भएर जन्म लिनेछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच