पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरूमा वृद्धि भइरहेको र यसले प्रदूषणसमेत वृद्धि भइरहेको महाशाखाको भनाइ छ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?