तीन प्रदेशमा वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?