सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी। कैलालीमा कोराना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको आइतबार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना पुष्टि भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?