उदयपुरमा दुईथान हतियारसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । दुई थान हतियारसहित उदयपुरको वेलका नगरपालिका वडा नं ३ टप्पु क्षेत्रबाट एक युवा पक्राउ परेका छन् । सुनसरी जिल्लाको बराहाक्षेत्र-७ निवासी वर्ष ३० का कुमार भन्ने जयकुमार राईलाई प्रहरीले  दुई थान हतियारसहित पक्रारउ गरेकाे हाे ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादीलाई गोली भरिएका दुई थान हतियारसहित इलाका प्रहरी कार्यालय राम्पुर ठोक्सिलाबाट खटिएको प्रहरी निरीक्षक सुभाष खनालसहितको प्रहरी टोलीले शनिबार बिहान टप्पु क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहनबहादुर थापाकाअनुसार निज फरार प्रतिवादी वेलका नगरपालिका-३ स्थित टप्पु क्षेत्रमा लुकीछिपी बस्दै आएको भन्ने इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकबाट जानकारी प्राप्त भएपछि खोजतलास गर्दा राईलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय राम्पुरमा राखी थप अनुसन्धान भइरहेको पनि निरीक्षक थापाले जनकारी दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?