मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने थप एक जना घाइते भएका छन् ।

जिल्लाको बेलौरी नगरपालिका-४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से.७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार सोही नगरपालिका-१० शिवनगरका २२ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको इशान मेमोरीयल अस्पताल बेलौरी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको  निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?