सिबिफिनलाई प्रवल जनसेवाश्री

Read Time = 2 mins

काठमाडौं । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि बैंक तथा वित्तीय संस्था संघ(सिबिफिन)ले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पुर्‍याएको योगदानस्वरूप प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित भएको छ ।

उक्त मानपदवी सिबिफिनतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गर्नुभएको थियो । संस्थागतरूपमा पहिलोपटक प्रदान गरिएको मानपदवी प्राप्त भएको सुखद अवसरमा खुसी व्यक्त गर्दै सरकार र राष्ट्रपतिको कार्यालयप्रति सिबिफिनले आभार व्यक्त गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताको हकहित संरक्षण एवं संवद्र्धन गर्ने, आपसी स्वास्थ्य प्रतिस्पर्धामार्फत् गुणस्तरीय एवं भरपर्दो बैंकिङ सेवा विस्तार गर्ने, बैंकिङ क्षेत्रमा देखापरेका समस्याको समुचित निकासका लागि सरोकारवाला सबै पक्षसँग सहकार्य गर्ने, वित्तीय क्षेत्र सुधार एवं स्तरोन्नतिका लागि अध्ययन-अनुसन्धान गर्ने, सरोकारावालाबीच परस्पर सहकार्य एवं सहयोग आदान-प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत् सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर सिबिफिनले कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?