रोमाञ्चक खेलमा चेन्नाईसँग हार्यो बेंग्लोर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध ८ रनको रोमाञ्चक जित निकालेको छ ।

सोमबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको २२७ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा बेंग्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो ।

बेंग्लोरका लागि सर्बाधिक म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रन बनाउँदा कप्तान डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रन बनाएका थिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईका लागि ओपनर डेभन कन्वे र शिभम् दुबेले अर्धशतकीय ईनिङ खेले ।

कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान गर्दा शिभम दुबे २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा आउट भए ।

तेस्रो विकेटका लागि दुबे र कन्वेले ३७ बलमा ८० रनको साझेदारी गरेका थिए ।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको चेन्नाई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको बेंग्लोर तालिकाको सातौं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?