बुटवल । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले सरकारका योजना सहि रुपमा सम्पन्न गर्न र ति योजनालाई प्रभावकारी रुपमा निरन्तरता दिनको लागिश्रमदान अति आवश्यक रहेको बताउनु भएको छ ।
सम्पन्न भएका योजनामा जनताको मिहिनेत नहुने हो भने जनताले ति योजनालाई बेवास्ता गर्ने बताउनु भयो । कपिलवस्तुको बाणगंगा नगरपालिका ५ मधौलिमा सम्पन्न मधौलिया खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
समाजका हरेक काममा सरकारकै मुख ताक्ने बानीले पछाडि परेको उहाँले बताउनु भएको छ । कुनै पनि योजना सरकारको सहयोगमा सम्पन्न भएपछि त्यसलाई सदुपयोग गर्दै अघि बढाउने जिम्मा आम नागरिकको रहेकोले ति योजनलाई आफ्नो सम्पतिको रुपमा स्विकार गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
त्यस्तै उहाँले हामीहरु आफैमा सफा र स्वस्थ छैनौ भने सुरक्षित खानेपानीले मात्र हाम्रो शरीर स्वस्थ हुन नसक्ने बताउनु भएको छ । मुख्यमन्त्री गिरीले केहि समय पहिला तराईमा कलको पानी र पहाडमा खुल्ला पानी पिउने गरेको स्मरण गर्दै त्यो अहिले क्रमिक रुपमा हट्दै गएको बताउनु भएको छ । प्रदेश सरकारले खानेपानीका क्षेत्रलाइ विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनु भएको छ ।
त्यस्तै खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पुर्वाधार विकास मनत्रालयका सचिव जकि अहमत अन्सारीले खानेपानी समितिले यसका सम्पुर्ण कार्यहरु जनता समक्ष प्रष्ट सङ्ग राखेर जनताको मन जित्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले २२ हजार घर धुरीमा अहिले १२ हजार घरदुरीमा सुरक्षित खानेपानी पुगिसकेको बताउनु भएको छ ।
बाणगंगा नगरपालिकाले प्रदेश सरकारको लक्ष्य अनुरुप एक घर एक धारा कार्यक्रमलाइ निक्कै प्राथमिकता दिएर काम गरिरहेको बताउनु भएको छ । श्रमदानको अभावले पाइपलाइन बिस्तार लगायत केहि कार्यमा समस्या आएकोले श्रमदान गर्न नगरवासीलाई मेयर अर्यालले आवह्वान समेत गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पुर्वाधार विकास मन्त्री चेत नारायण आचार्य, प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थि लगायतको उपस्थिती रहेको थियो ।
मधौलिया खानेपानी तथा सरसफाई आयोजना आर्थिक वर्ष २०७५/७६ मा सर्वेक्षण भइ आरम्भ भएको हो । अनुमानित रु ८ करोड ५१ लाख १६ हजार ४२ रुपैयाँ १४ पैसा रहेपनि योजना भने ४ करोड ३ लाख ७६ हजार पाँच सय ४६ रुपैयाँ १३ पैसामा सम्पन्न भएको हो ।
जम्मा जम्मी ८५५ आधार वर्ष घरधुरी भएपनि अहिले सम्म ३७२ घरधुरीमा धारा जडान गरिएको छ । कार्यक्रम समिती अध्यक्ष खडानन्द पोख्रेलको अध्यक्षता, सचिव कृष्ण पाण्डेको संचालन एवं सदस्य नन्दराम पोख्रेलको स्वागतमा सम्पन्न भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच