उच्च शिक्षाका लागि अल्फाबिटाको ब्रिज कोर्स

Read Time = 3 mins

काठमाडौं । शैक्षिक परामर्शदाता अल्फाबिटाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थी र नेपालका शीर्ष कलेजमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । कार्यक्रम नेपालका उत्कृष्ट कलेजद्वारा सञ्चालन हुने कठिन प्रवेश परीक्षाका लागि विद्यार्थी तयार पार्ने गरी डिजाइन गरिएको हो ।

अल्फाबिटा ब्रिज कोर्स कार्यक्रम १० हप्ताको प्रवेश तयारी कक्षा हो, जसले विद्यार्थीलाई शैक्षिक सीप बढाउन र कलेज प्रवेश परीक्षाका लागि तयारी गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । विद्यार्थीले तीन फरक पाठ्यक्रमबाट छनोट गर्न सक्छन् । सेन्ट जेभियर्स एन्ट्रान्स प्रिपरेसन कोर्स, एड्भान्स साइन्स कोर्स र एड्भान्स मेनेजमेन्ट कोर्स छनोट गर्न सक्नेछन् । कार्यक्रम चार फरक सिफ्टमा उपलब्ध रहेको छ ।

कोर्स कार्यक्रमले विद्यार्थीलाई आफ्ना नयाँ साथीसँग जोडिन र आफ्ना लागि उत्तम कलेज छनोट गर्न राम्रो पूर्वाधार, अनुकूल सिकाइ वातावरण र नेटवर्किङ अवसर प्रदान गर्ने कम्पनीको दाबी छ । अल्फाबिटाका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्माले भन्नुभयो, ‘हामीले एसइई स्नातकहरूले आफ्नो मनपर्ने कलेज भर्ना हुन प्रवेश परीक्षाको तयारी गर्दा सामना गर्ने चुनौती बुझेका छौँ ।

हाम्रो ब्रिज कोर्स कार्यक्रम यी विद्यार्थीलाई चुनौती पार गर्न र उनीहरूको मनपर्ने कलेजमा भर्ना हुन उनीहरूको शैैक्षिक लक्ष्य प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले सुरु गरेका छौँ ।’ अल्फाबिटाले कार्यक्रममा दर्ता गर्ने पहिलो सयजना विद्यार्थीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?