बस र मोटरसाइकल ठोक्किँदा एकैपरिवारका तीन जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो ।

बा ३ ख २३९६ नम्बरको गाडीले  मधेश प्रदेश: ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका-२ बस्ने  अमित कुमार मण्डल, सिरहा कल्याणपुर  विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षिय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।

अमित र अन्शुको  बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र  अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?