प्रज्ञाप्रतिष्ठानको ३९औं प्रज्ञासभा सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

कामाडौं । नेपाली भाषा-साहित्य, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानको ३९औं सभा सम्पन्न भएको छ । प्राज्ञसभा सत्रका प्रमुख अतिथि, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभयो । यस अवसरमा उहाँले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अंगीकार गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी उद्घाटन सत्रका सभाध्यक्ष तथा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपालको सम्पूर्ण साहित्य, भाषाभाषी, संस्कृतिको प्राज्ञिक खोज-अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी आफ्नो स्वागत मनतव्यका क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले प्राज्ञिक क्षेत्रको समष्टि रूप नै प्रज्ञा रहेको बताउनुभयो । भाषा आयोगका माननीय अध्यक्ष गोपाल ठाकुरले समग्र भाषाहरूको उत्थान तथा विकासमा जोड दिँदै नेपाल प्रज्ञाप्रतिष्ठानसँग सधैं समन्वय गर्दै अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले स्रष्टाहरूको प्रतिलिपि अधिकार सुरक्षित गर्नेमा आफू तत्पर रहेको बताउनुभयो । सो अवसरमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति नारदमुनि हार्तम्छालीले प्राज्ञिक क्षेत्रको सर्वांगीण विकासका लागि आफू लागि पर्ने बताउनुभयो ।

त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति निशा शर्माले एकआपसमा सांस्कृतिक क्षेत्रको उन्नायन र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रम सञ्चालन प्रज्ञाप्रतिष्ठानका अभिलेख संग्रहालय प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियोे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?