भारतीय गायिका पामेला चोपडाको निधन

Read Time = 2 mins

मुम्बई । भारतीय चलचित्र निर्माता स्वा.यश चोपडाकी पत्नी गायिका पामेला चोपडाको निधन भएको छ । पामेलाको ८५ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनको खबर यशराज फिल्म्सको इन्स्टाग्राम पेजमार्फत सार्वजनिक गरिएको छ । पामेलाको बिहीबार बिहान निधन भएको हो ।

पामेला एक प्रसिद्ध गायिका हुनुहुन्थ्यो र उहाँले धेरै सुपरहिट चलचित्रको गीतहरूमा संगीत पनि दिनुभएको छ । पामेला चलचित्र निर्देशक आदित्य चोपडा, अभिनेता उदय चोपडाको आमा र अभिनेत्री रानी मुखर्जीको सासु हुनुहुन्छ ।

१५ दिनदेखि मुम्बईको लीलावती अस्पतालमा भर्ना हुनुभएकी उहाँको भेन्टिलेटरमा राखे पनि स्वास्थ्यमा कुनै सुधार नभई विस्तारै स्वास्थ्य बिग्रँदै गयो र अन्ततः निधन भएको जनाइएको छ ।

पामेला एक प्रसिद्ध गायिका, चलचित्र लेखक र निर्माता हुनुहुन्थ्यो । उहाँले ‘कभी कभी’, ‘दूसरा आदमी’, ‘त्रिशूल’, ‘चाँदनी’, ‘लम्हे’, ‘डर’, ‘सिलसिला’, ‘काला पत्थर’, ‘दिलवाले दुल्हनिया ले जायेंगे’ ‘मुझे दोस्ती करोगे’ जस्ता चलचित्रमा अभिनयका साथै गीत पनि गाउनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?