नेपाल लाइफको क्यास ब्याक अफर

Read Time = 1 min

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेका अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत वैशाख महिनाभर बीमा शुल्कको नवीकरण ई-सेवामार्फत् भुक्तानी गर्ने ग्राहकले पाँच प्रतिशत वा दुई सय ३० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले घरबाटै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचतका साथै कारोबार सुरक्षितसमेत हुने बताउनुभएको छ । कम्पनीले हाल करिब एक सय ९२ कार्यालय सञ्जालमार्फत् बीमासम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?