तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँः नेता खनाल

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागि हुन जनकपुरधाम जानुभएका सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो ।

जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताउनु भयो ।

उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उहाँले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताउनु भयो । उहाँले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताउनु भयो ।

देशको विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताउनु भयो ।

सम्मानित नेता खनालले राष्ट्रियतामाथि संकट बढीरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?