मोटरसाइकल दुर्घटनामा विद्यार्थीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बारा । स्नातक तह तेस्रो वर्षको परिक्षा दिएर सिमराबाट घर फर्क‌ंदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा अर्का एक विद्यार्थी घाइते भएका छन् ।

पथलैया-वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्सा बहुदरमाई-९ का अन्दाजी २३ वर्षीय विजय शर्माको मृत्यु भएको हो । उनी ठाकुरराम बहुमुखी क्याम्पसका छात्र हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरिया-१ का अन्दाजी २३ वर्षीय अर्जुन सहनी घाइते भएका छन् । सहनीको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

स्नातक तह तेस्रो वर्षको परीक्षा सोमबारदेखि सुरु भएको हो । सिमरा कलेजमा रहेको परीक्षा केन्द्रमा ‘बिजेनश ल’ विषयको परिक्षा दिएर शर्मा घर फर्कंदै गरेका थिए ।

दुर्घटनामा शर्माको निधन भएपछि वीरगन्जमा विद्यार्थीले प्रदर्शन गरेका छन् । परीक्षा केन्द्र टाढा राखिएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?