दीपाले आइलिग नखेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दिपा शाहीले भारतीय महिला लिग नखेल्ने हुनुभएको छ । उहाँ लर्ड्स फुटबल एकेडेमीबाट खेल्ने तय भएको थियो तर उमेर नपुगेका कारण उहाँले आइलिग नखेल्ने हुनुभएको हो ।

भारतको व्यावसायिक लिग खेल्न विदेशी खेलाडीको उमेर १८ वर्ष पार भएको हुनुपर्ने भएपछि दीपाले लिग गुमाउनुभएको छ । क्लबसँग सम्झौता भएर कागजी प्रक्रिया अघि बढ्दा दीपालाई भारतीय फुटबल महासंघले दर्ता गर्न नमिल्ने जानकारी दिएको थियो । दीपाको उमेर हाल १७ वर्षमात्रै पुगेको छ ।

आइलिग नखेल्ने भएपछि अब दीपा नेपाल फर्कने हुनुभएको छ । नेपाल फर्केलगत्तै उहाँ यू-२० महिला एसियन कपको दोस्रो चरणको तयारीमा जुुट्नुहुनेछ । पहिलो चरणमा दीपाले दुई खेलमा छ गोल गर्दा नेपालले सानदार नतिजासहित दोस्रो चरणमा स्थान बनाएको हो ।

प्यालेस्टाइन र नर्दर्न मारियाना आइल्याण्डलाई समान छ–शून्यले हराउँदा दीपाले क्रमशः चार र दुई गोल गर्नुभएको थियो ।
अब नेपालले दोस्रो चरणमा चीन, म्यानमार र चाइनिज ताइपेईको समान गर्नेछ । प्रतियोगिता जुन महिनामा म्यानमारमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?