नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलोपटक यस्तो कार्ड ल्याएको हो । कार्डका ग्राहकलाई अन्य कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्क नलाग्ने बैंकले जनाएको छ ।

उक्त कार्डमार्फत् ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकलाई पहिलेभन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’ नबिलका नयाँ र विद्यमान खाता भएका ग्राहकले कार्डका लागि आवेदन दिन सक्ने तर योजना सीमित अवधिका लागिमात्र लागू हुने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?