सरकारले पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानमन्त्री दाहाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको गर्न बाँकी पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मंगलबार १२ वैशाख २०७२ सालमा गएको भूकम्पको आठ वर्ष पूरा भएको छ । सोही स्मरण गर्दै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत् गर्न बाँकी पुनर्निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभएको हो ।

‘पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ । यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु । सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?