कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।

परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयमा पनि राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको उहाँले बताउनु भयो ।

नयाँ पुरानो गरेर करिब तीन सय प्रश्नपत्रहरु तयार भइरहेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिनुभयो ।

विद्यार्थीको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रमा पुगिसकेको छ । कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको छ । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?