आइएमईले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । आइएमई लिमिटेडले १० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

मंगलबार आइएमईकोे मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । आइएमईले आफ्नो एक अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?