जिरोनाका कास्टेलानोस चम्किँदा रियल म्याड्रिड पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड पराजित हुन पुगेको छ ।

भ्यालेन्टिन कास्टेलानोस एक्लैले म्याड्रिडको गोलपोष्टमा चार गोल हान्दै जिरोनाले रियललाई ४–२ ले पराजित गरेको हो ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जिरोानका कास्टेलानोसले खेलको १२ औ मिनेटमा पहिलो गोल गरेका थिए । म्याड्रिडको पोष्टमा गोलको बर्षा गरेका कास्टेलानोसले २४औं मिनेटमा थप अर्को गोल गरेर पहिलो हाफको सुुरुवातीमा नै जिरोनालाई २–० को अग्रता दिलाउन सफल भए ।

यसैगरी, खेलको ३४औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई २–१ को स्थीतिमा ल्याई दिए । पहिलो हाफमा खेल २–१ को अवस्थामा रहन पुग्यो ।

तर, दोस्रो हाफको सुरुमा नै कास्टेलानोसले पुन तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेर जिरोनालाई ३–१ को अग्रता दिलाए । साथै, ६२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोलको मद्धतले जिरोना ४–१ को अग्रता लिन सफल भयो ।

८५औं मिनेटमा लुकास भजक्वेजले रियलका लागि गोल दोस्रो गोल गरे । खेल अन्तत ४–२ मा टुंगिन पुग्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?