राष्ट्रियसभाले गर्‍यो संसदीय सुनुवाइ समितिमा रहने तीन सदस्यको मनोनयन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो ।
सतितिमा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहनुभएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरुलाई मनोनयन गरेको जानकारी बैठकमा गराउनुभएको थियो भने बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?