सांसद कोइरीले संसद सचिवालयलाई पत्र लेखेर भने- अस्वस्थ छु, सुधार भएपछि उपस्थित हुन्छु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । यहीबीच उनले आफू अस्वस्थ रहेको भन्दै संसदलाई पत्र पठाएका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनका अनुसार यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् । माघ २५ गतेदेखि असस्थ भइ उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु भनेर उनले पत्र पठाएको संसद सचिवालयले जनाएको छ ।

महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?