भारतमा उपचाररत नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी आइतबार स्वदेश फर्कने हुनुभएको छ ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लाग्नुभएको हो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिनुभयो ।

उहाँ साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुहुनेछ। पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?