एसीसी प्रिमियर कप : नेपालले कुवेतविरुद्ध बनायो २८१ रन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरुद्ध २ सय ८१* रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रनको बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२.२ ओभरमा १४१/३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो ।

सुरुवाति ब्याट्समेन सस्तैमा आउट भएपछि नेपालको पारी कप्तान रोहितकुमार पौडेलले सम्हालेका थिए । नेपालका लागि कप्तान  पौडेलले सर्वाधिक ९४ रन बनाए ।

उनले उत्कृष्ट ब्याटिङ गरे । पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए । कुशल मल्लले ४४ बल खेल्दै अर्ध शतक बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गर्र्दै ५७ रनको योगदान गरे ।

*नेपालले २ सय ८१ रन बनाए पनि पहिलो इनिङमा पाओर प्ले बढी खेलेको भएर एक रन घट्यो । नेपालले पावर प्लेमा एक ओभर बढी खेलेका कारण कुवेतले एक रन कम अर्थात २८१ रनको लक्ष्य पाएको हो । 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?