‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकको रूपमा देखाइएको छ । ट्रेलरमा चलचित्रको कथा के छ भन्ने खुलाइएको छैन ।

काठमाडौं फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक मदन थापा हुनुहुन्छ भने छायांकार शरण ऋषि हुनुहुन्छ ।

साउथ इण्डियन शैलीमै साउथकै टिमबाट यो चलचित्र निर्माण भएको हो । भारतको चेन्नाइमा प्राविधिक कार्य भइरहेको चलचित्र नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै चार भाषामा तयार गरिएको छ ।

चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रका निर्माता चन्दन झा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?