आजबाट तातोपानीलगायत उत्तरी चीनका नाकाहरू खुल्ने

Read Time = 2 mins

काठमाडौं । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखि खुला हुने भएका छन् ।

भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानीनाकासहित अन्य चिनियाँ नाकाहरू पनि सोमबारदेखि खुला हुने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाखदेखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजबाट खुल्नेछन् ।

चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारी पछि पूर्ण रुपमा सुचारु हुन सकेका थिएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?