नमस्तेको नयाँ सिइओमा पोखरेल

Read Time = 1 min

काठमाडौं । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रवीणराज पोखरेलले आइतबारदेखि कार्यभार सम्हाल्नुभएको छ । वैशाख १५ गते नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पोखरेललाई कम्पनीको नयाँ सिइओमा नियुक्त गरेको थियो ।

कार्यभार सम्हाल्दै पोखरेलले बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसलाई मात्र नभई बैंकविहीनलाई पनि आधुनिक सेवा उपलब्ध गराएर नगदरहित समाज निर्माण गर्ने सेवामा रहेकाले व्यावसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न केन्द्रित हुने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?