गाडीका लागि एक्साइड एक्सप्रेस ब्याट्री

Read Time = 2 mins

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री बिक्री गर्दै आएको छ । बिक्री सुरु भएको छोटो समयमै गाडी व्यवसायीबाट एक्साइड एक्सप्रेस ब्याट्रीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार उच्च प्रविधिबाट निर्मित एक्साइड एक्सप्रेस ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिङ सहन सक्ने भरपुर क्षमता छ । विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ । म्याजिक आईको विशेषताले ब्याट्री चार्ज अवस्था बाहिरैबाट हेर्न पनि मिल्छ ।

विशेष प्रकारको प्रोपाइलिन र रिब्स प्रयोग गरी बनाइएको एक्सप्रेस कन्टेनरमा चुहावट र फुट्ने-चर्कने जस्ता समस्या आउँदैन । फ्याक्ट्रीबाट चार्ज भएर आउने ब्याट्री सिधै गाडीमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । ग्राहकले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री आकर्षक छुटमा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?