काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ र तोजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको छ ।
महासंघकाअनुसार मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच