मिटरब्याज पीडितको अवस्था नाजुक बन्दै, सरकारले बेवास्ता गरेको गुनासो

सुरेन्द्र थापा
Read Time = 1 min

काठमाडौं । न्याय माग्न राजधानी आएको मिटरब्याज पीडितहरुको यतिबेला अवस्था नाजुक बन्दै गइरहेको छ। सरकारले वास्ता नगरेको र गृहमन्त्रालयले पनि पीडा दिएको भन्दै यतिबेला मिटरब्याज पीडितहरु झनै पीडामा रहेको बताउँछन्।

धर्नामा बसेका उनीहरु राजधानीमा भएको मौसम परिवर्तनका कारण झरीले बस्नलाई समेत असहज भएको र चिसो मौसमका कारण बालबच्चा र वृद्धवृद्धालाई गाह्रो भएको बताएका छन्। केही मिटरब्याज पीडितहरु खुल्ला आकाशमुनिको बास बस्न बाध्य छन् । उनीहरुकाे स्वास्थ्य अवस्था झरीका कारण असहज हुनुको साथै उनीहरुलाई अहिले गाँसको समेत अभाव रहेको गुनासाे गरेका छन् ।

न्याय माग्न नन्दै गत चैत्र २० गते काठमाडौँ आएको मिटरब्याज पीडितहरु २८ दिनदेखि आन्दोलनरत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?