महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।

दोधारा चाँदनी नगरपालिका–१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको हो ।

सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनी बिहान मृत अवस्थामा नदीमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । उनको पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?