लेस्टर र एभर्टनको बराबरी

Read Time = 2 mins

लण्डन । लेस्टर सिटी र एभर्टनले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टर र एभर्टनले २-२ गोलको बराबरी खेलेका हुन् । लेस्टरका काग्लर सोयुन्कु र जेमी भार्डीले गोल गर्दा एभर्टनका डोमिनिक काल्भर्ट लेविन र एलेक्स इओवीले बराबरी गोल फर्काउनुभयो ।

खेलको १५औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई एक-शून्यको अग्रता दिलाउनुभयो । त्यसपछि लेस्टरले १२ मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिन सफल भए पनि त्यसलाई जोगाउन सकेन । २२औँ मिनेटमा काग्लरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ३३औँ मिनेटमा जेमी भार्डीले गोल गरेपछि लेस्टरले खेलमा २-१ को अग्रता लियो ।

खेलको ५४औँ मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई हारबाट जोगाउनुभयो । यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक जोडेर १६औँ स्थानमा छ । टोली रेलिगेसन जोनको लिड्स र नटिङ्हम फरेस्टसँग अंक बराबरी भए पनि गोल अन्तरमा अघि छ । एभर्टन ३४ खेलबाटै २९ अंक जोडेर १९औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?