बन्द भएको राजमार्ग २ घण्टापछि पुन: सुचारु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा जमिन भासिएर बन्द भएको राजमार्ग पुन सुचारु भएको छ । जमिन भासिएर आज दिउँसो १२ बजेदेखि बन्द भएको राजमार्ग करिब २ घण्टापछि पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

धुनिबेंशी नगरपालिका –६ र थाँक्रे गाउँपालिका –८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको थियो । सो लगत्तै राजमार्गमा सवारी साधन ठप्प भएको थियो । बन्द भएको १८ घण्टापछि हिजो दिउँसोबाट एकतर्फी खुलेको थियो । नयाँ पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको छ । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो ।

अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?