बारको आन्दोलन पाँचौ दिनमा, प्रधान्यायाधीश नियुक्तिलगायतका माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल बार एशोसिएसनको आन्दोलन आज पाँचौ दिन पनि जारी रहने भएको छ ।

सर्वोच्च अदालतका प्रधान्यायाधीश नियुक्तिलगायतको माग गर्दै गत आइतबारदेखि आन्दोलनमा उत्रिएको बारको आन्दोलन पाँचौ दिनमा पनि जारी रहने भएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरूले एक साथ आन्दोलन गरिरहेका छन् । उहाँका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ ।

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन । त्यसमा राजनीतिक खिचातानी भएको छ । तर अब बिलम्ब नगरी प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायालयलाई नेतृत्व दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यदी कार्यपालिकाले न्यायलयलाई नेतृत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ । ’ उहाँका अनुसार आगामी शुक्रबारसम्म माग पूरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ ।

तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुँदै आएको छ । कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायाधीश हुँदा कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?