प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भएको हो ।

उहाँहरुबीचका भएको भेटमा समसामयिक राजनीति, संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको सभापति चयन, संसदलाई प्रभावकारी बनाउने र आगामी बजेटको बारेमा छलफल भएको बुझिएको छ ।

यस्तै एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?