बुद्ध जयन्ती लक्षित नवलपरासीमा सरसफाइ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले २५६७ओैं बुद्ध जयन्ती लक्षित पश्चिम नवलपरासीको सदरमुकाम परासी,रामग्राम स्तुप र कोर्णिय राज्यको राजधानी पन्डितपुरमा आज सरसफाइ कार्यक्रम गरेको छ ।

विस्वमा एक मात्र अस्तु धातुको रुपमा रहेको रामग्राम स्तुपा र कोर्णिय राज्यको राजधानी पन्डितपुरलाई प्रवदन तथा संरक्षण गर्ने उदेश्यका साथ २५६७ओैं बुद्ध जयन्तीको अवसरमा भोलि पन्डितपुरबाट रामग्राम स्तुपासम्म पहिलो पटक धातु जात्राको आयोजना गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो ।

सरसफाइ कार्यक्रममा नगरपालिकाका नगरप्रमुख धनपत यमदव, उपप्रमुख सम्झना चौधरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय शर्मा र नगरपालिकाका सम्पूर्ण कर्मचारी साथै प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितिमा सरसफाइ गरिएको हो । साथै धातु जात्रामा उपस्थित हुन नगरप्रमुख यादवले अनुरोध गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?