पेम्बाको स्वरमा ‘बैमानी’

Read Time = 1 min

काठमाडौं । पेम्बा लामाको स्वरमा रहेको गीत ‘बैमानी’ सार्वजनिक भएको छ । उदय सागरको शब्द रचना, दीपक विश्वकर्माको संगीत र गोपाल रसाइलीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल कविता नेपालीलाई फिचरिङ गरिएको छ । भिडियोमा सञ्चारकर्मी सन्तोष बस्ताकोटी, हेन्सल लामा र सुदर्शन पन्तको पनि अभिनय छ ।

बुद्ध थापाको छायांकन रहेको भिडियोमा वन्दे प्रसादको सम्पादन छ । लोक पप शैलीको यस गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानी रहेको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?