बुद्ध जयन्तीका अवसरमा समृद्धिका विविध कार्यक्रम

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार २५६७औँ बुद्ध जयन्तीका अवसरमा बुटवल शाखा कार्यालयबाट बुटवलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जुस वितरण कार्यक्रम आयोजना गरेको छ । त्यस्तै, हेटौंडा शाखा दिक्तेल शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङ्बोमार्फत खाद्यान्न वितरण गरेको छ ।

हाल आठ शाखामार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको कम्पनीले आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाका साथै बचत खातामा नौ प्रतिशतसम्म उच्चतम ब्याजदर प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?