जेठ पहिलो साता चेम्बर एक्स्पो

Read Time = 3 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी जेठ ४ देखि नेपाल चेम्बर एक्स्पो २०२३ आयोजना गर्ने भएको छ । जेठ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको मुख्य उद्देश्य व्यापारिक अन्तरक्रिया, आयात-निर्यात सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिँदै निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरूमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको कडी रहेको चेम्बरले जनाएको छ ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधि प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयाम नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग पुग्ने आयोजकको भनाइ छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ ।

व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीको सहभागिता रहने मेलामा एक सय ५० भन्दा बढी स्टल रहने जानकारी दिनुभयो । जसमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीका स्टल रहनेछन् । यस वर्ष पनि विगतमा झैं मिनिट्री अफ कमर्स एण्ड इपिबी बंगलादेशको सहकार्य रहेको एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एक्ससोरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल तथा ग्याजेट, उपभोग्य खाद्यवस्तु, हाइड्रोपावर, लजिस्टिक, हृयाण्डिक्राप्ट एण्ड हृयाण्डलुमस्, जुत्ता तथा लेदर, कस्मेटिक, खाद्यवस्तु तथा डेरी प्रोडक्टलगायत रहने बताइएको छ ।

एक्स्पोको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ भने इन्टरनेट पार्टनरमा क्लासिटेक प्रालि रहेको छ । एक्स्पो व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?