आजदेखि अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि महानगर क्षेत्र भित्रका अव्यवस्थित तार हटाउन थालेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्न महानगरले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न लागेको हो ।

आइतबार बसेको काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गर्न लागिएको हो ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गरिने छ । गत बर्षमात्रै अव्यवस्थित तारका कारण ५३ ठाउँमा आगलागी भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?