एन्फाको आकस्मिक बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने भएको हो ।

एन्फा महासचिव किरण राईले पदाधिकारी तथा सदस्यहरूलाई पत्र पठाएर आज (सोमबार) दिउँसो २ बजे बस्ने आकस्मिक बैठकमा उपस्थित हुन भन्नुभएको छ ।

‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आकस्मिक बैठक राखिएको हुँदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ,’ पत्रमा उल्लेख छ ।

यसअघि गत वर्षको फागुनमा भएको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजञ शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?