डिप स्टेटका लिलिपुटहरूको बन्धन फुकालौँ

Read Time = 17 mins

पूर्वअमेरिकी राष्ट्रपति जोन अफ क्यानेडीका ६९ वर्षीय भतिजा रोबर्ट क्यानेडी जुनियरले भनेका छन्, मेरो अंकललाई सिआईएले हत्या गरेको थियो । किनकि उहाँ अमेरिकाको युद्ध नीतिको बीचमा आइरहनु भएको थिए । आजभोलि एन्टी भ्याक्सिन अभियन्ता तथा वातावरणीय कानुनविद् रोबर्ट सन् २०२४ मा हुने राष्ट्रपति पदमा आफ्नो दाबी गरी रहेका छन् र आफूलाई आगामी राष्ट्रपतिको रूपमा प्रस्तुत गरिरहेका छन् । उनले कोरोना प्रकोप सुरु भएदेखि नै कोरोना भ्याक्सिनको विरुद्ध आफूले चलाएको अभियान राष्ट्रपति चुनावसम्म चलाइरहने छु भनेका छन् । उनले भनेका छन् कर्पोरेट शक्ति र भ्रष्ट सत्ताले मलाई धम्की दिइरहेका छन् ।

हाम्रा बालबालिका र जनतामाथि केमिकल र फार्मा स्युटिकल ड्रगहरू प्रयोग गनै धम्की दिइरहेकाहरू हामीलाई युद्धको अवस्थामा पुराई रहेका छन् । कोरोना भ्याक्सिनले मानव शरीरमा विशेषगरी बालबालिकामा गर्ने नराम्रो असर बारे उनी बोली रहेका छन् । उनले यदि राष्ट्रपतिको पदमा लड्न पाए उनको विरोधमा प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रप हुने सम्भावना छ । उनले कोरोना भ्याक्सिनको विरोध तथा सचेतना कार्यक्रम मात्र सञ्चालन गरेका छैनन् अपितु कसरी अमेरिका अन्य मुलुकहरूसँग युद्ध गरिरहेको छ भन्ने बारे कुराकानी गरिरहेका छन् ।

यसको उदाहरण सुडान हो, जहालोकतन्त्र बचाउने निहुँमा गृहयुद्ध चलिरहेको छ । त्यहाँ सेना र अर्ध सेना आपसमा लडी रहेका छन् र तिनीहरूलाई लडाउने अमेरिका नै हो । अमेरिकाको आफ्नै एउटा सैन्य औद्योगिक परिसर छ । सिआइए यसैका लागि काम गर्ने गर्छ । यसलाई डिप स्टेटको रूपमा पनि जानिन्छ र जो इल्युमिनाटिबाट परिचित छन् यो उसैको सैन्य उद्योग हो ।

अमेरिकन पोलिटिकल कन्सपियारेसी थ्योरीअनुसार डिप स्टेट एफबिआए र सिआइएसहितको संघीय सरकारको अनाधिकृत सञ्जाल हो, जहाँ आफ्नो अजेण्डा र लक्ष्य पूरा गर्न राजनीतिक नेतृत्वको प्रयोग गरिन्छ । यसको अर्थ नकरात्मक रूपमा लाग्छ । यो एकप्रकारको छाया सरकार हो वा सरकारभित्रको सरकार हो । यसले आफ्नो संगठनको कामहरू लुकाउँछन् र जनतालाई गुमराह गर्छन् । विश्वको कुनै पनि मुलुकलाई चलाउन नाटो र मल्टिनेसनल कम्पनीहरूको ताकत यस सीमासम्म छ कि जुन मुलुकले उनीहरूको स्वार्थानुसार काम गर्दैनन् त्यहाँको सत्ता पल्टाउने ताकत डीप स्टेटमा हुन्छ । नेपाललाई हेरे पुग्छ ।

इलुमिनिटी पनि डिप स्टेट जस्तै रहस्यमयी संगठन हो जसले सारा विश्वलाई आफ्नो अनुकूल चलाउँछ । यसको काम गर्ने तरिका गोप्य हुन्छ । कैयौं मानिसहरूको मान्यता छ जोन अफ क्यानेडीको हत्याको पछाडि इलुमिनाटी नै जिम्मेवार थियो । क्यानेडीको मृत्युलाई लिएर एउटा सिद्धान्त छ कि जब क्यानेडीको हत्या भएको थियो त्यस बेला उनीसँग एउटी महिला पनि थिइन्, जसको हातमा क्यामेरा जस्तो देखिने बन्दुक थियो । यी महिलालाई द बबुस्का लेडी भनिन्छ । स्वयंलाई इलुमिनाटी भन्ने संगठन् रहस्यमय नै छ र यसको सम्बन्ध अमेरिकासँग छ ।

इलुमिनिटी पनि डिप स्टेट जस्तै रहस्यमयी संगठन हो जसले सारा विश्वलाई आफ्नो अनुकूल चलाउँछ । यसको काम गर्ने तरिका गोप्य हुन्छ । कैयौं मानिसहरूको मान्यता छ जोन अफ क्यानेडीको हत्याको पछाडि इलुमिनाटि नै जिम्मेवार थियो ।

लेखक मार्क डाइस, डेबिड इके, रयान बर्क र जूरी लीना आदिहरूले बबारियन इलुमिनाटी अहिलेसम्म जीवित भएको दाबा गरेका छन् । यिनीहरूले केही सिद्धान्त प्रस्तावित गर्छन् र संसारमा घट्ने घटनाहरू इलुमिनाटी भन्ने गुप्त समितिद्वारा नियन्त्रत तथा धूर्तताले प्रबन्धित गरिन्छ । षडयंत्र सिद्धान्तकारहरूले दाबी गरेकाछन्, विष्टन चर्चिल, बुश परिवार, बराक ओबामा, जोय बिडेन । हिलारी क्लीन्टनसहित कयौं प्रमुख व्यक्तिहरू इलुमिनाटीको सदस्य थिए र छन् ।

अमेरिका जसलाई हामीले संसारकै एउटा शक्तिशाली देश मान्छौं यो सैन्य औद्यौगिक परिसर अमेरिकी सरकारको अधीनमा छैन । यो अमेरिकाको फेडरेल बैंक जस्तै हो जो अमेरिकी सरकारको अधीनमा छैन । यस्तै विश्व बैंक, आइएमएफ, राष्ट्रसंघ यही डिप स्टेटको अधीनमा छ । नाटो जसलाई हामीले अमेरिकाको पुच्छर भन्छौं त्यो पनि यही डिप स्टेटकै अधीनमा छ । डलर जसले सारा विश्वलाई चलाई रहेको छ त्यो पनि यसैको हो । ओपेक मुलुकहरू पनि यसैको हिस्सा हो । नेपाल जस्तो गरिबतम् देश र यहाँको व्यवस्था, यहाँको नेताहरू डीप स्टेट तथा इलुमिनाटिको उपज हुन् ।

नेपाल जस्तो मुलुकलाई यिनीहरूले आफ्नो मुट्ठीमा लिएर कंगाल बनाउँछन् र नेताहरूलाई भ्रष्ट बनाउँछन् । नेताहरूले भ्रष्टाचार गरेर कमाएको धन नेपालमा न राखेर उनीहरू सम्बन्धित राष्ट्रमा राख्ने हुनाले उनीहरूमाथि जबसम्म डिप स्टेटका मालिकहरूले चाँहदैनन् भ्रष्टाचारको मुद्दा लाग्दैन । कर्मचारीतन्त्र, सेना र प्रहरीमा पनि उनीहरूको पकड हुने भएकोले उनीहरूले नेपालमा जे चाहृयो त्यही गर्न सक्छन्् । नोकरशाह, सेना र प्रहरीका ठूला अधिकृतहरूको भ्रष्टाचारको छानबिन हुँदैन । भइहाल्यो भने पनि उन्मुक्ति पाउँछन् ।

२०६३ सालदेखि हामी नेपाली डिप स्टेटका लिलिपुटहरूबाट बन्दी भएका छौं, उनीहरूको स्वार्थमा काम गरिरहेका छौं । कहिलेकाँही नयाँ लिलिपुटहरूलाई पनि आफ्नो मुक्तिदाता सम्झेर सिंहासनमा बसाउँछौं वा बसाउन आतुर हुन्छौं । तर, यी सबै डिप स्टेट तथा इलुमिनाटीका गुलाम हुन् भन्ने बिर्सिन्छौं ।

फार्मा इण्डष्ट्रिका मालिक बिल गेट्स हाम्रो जस्तो गरिब देशमा भ्याक्सिनको बजारीकरण गर्न विदेशको भ्रमण गर्दछन् ता कि त्यहाँ आफ्नो गिनी पिगहरू भेटिउन् । उनीहरूबाट किनेका हानिकारक भ्याक्सिनहरू हामी किनेर आफूलाई प्रयोगको साधनको रूपमा गिनीपिग बनाइरहेका हुन्छौँ । यहाँको सरकारलाई हामीलाई गिनीपिग बनाउन उनले बाध्य पार्छन् । सेना, तेल र फार्मा लबी डिप स्टेट (इलुमिनाटी)को तीनवटा शिर हुन् । अमेरिका यिनीहरूको अनुहारमात्रै हो र त्यहाँको सरकार यिनीहरूको कठपुतली । चुनावमा कसलाई जिताउने यही डिप स्टेटको हातमा हुन्छ र डोनाल्ड ट्रम्पलाई हराउन उसले खेलेको भूमिका सबैलाई थाहा छ ।

यदि आफ्नो मान्छे जितेर पनि आफूले भनेको काम गरेन भने उसको अवस्था जोेन अफ क्यानेडी जस्तै हुन्छ । जर्ज सोरस जस्ताले त्यहाँ राष्ट्रपति कसलाई बनाउनेमात्र होइन कि महान्यायाधिवक्ता कसलाई बनाउने निर्धारण गर्छन् । टम्पमाथि लागेको मुद्दामा ट्रम्पलाई हराउन न्यूयोर्कको जिल्ला न्यायाधिवक्ता जर्ज सोरसले चाहेको व्यक्तिलाई बनाइएको छ । नेपालको त के कुरा गर्ने ? सबैको मालिक एउटै हुन् । यसले संसारमा गृहयुद्धसमेत गराउँदै आएको छ । उदाहरणका लागि सुडान, त्यसभन्दा पहिला अफगानिस्तान, इराक, लिबिया, सिरिया आदि देशहरूमा ।

पृथ्वीनारायण शाह र उनको वंशजसँग प्रतिशोध लिन कसरी पुष्पकमल दाहालहरूलाई प्रयोग गर्न सफल भयो, कसरी यहाँका ठूला साना दलहरूलाई आफ्नो अधीनमा लिएर नेपालविरोधी संविधान लागू ग¥यो, कसरी एमसिसी, एसपिपीलाई थोप¥यो आदि हामीले भोगिरहेका छौं । जसले अमेरिकामा समेत बन्दुक संस्कृतिलाई बढावा दिन्छ उसले अरू मुलुकमा के गर्छ होला सोचौं । उसले चलाएको सैन्य औद्योगिक परिसरले विश्वभरि युद्ध निर्यात् मात्र गर्दैन अपितु अमेरिकामा समेत गन कल्चरलाई बढावा दिइरहेको छ । सानसाना किशोरहरूले कसरी विद्यालयमै आमदिन गोली चलाएर आफ्ना साथीहरूलाई मारेको हामीहरूले सुन्ने, पढ्ने गर्छौं । ओपेकमा उसकै नियन्त्रण छ । त्यसमा पकड राखिराख्नका लागि उसले युद्ध पनि गरिरहन्छ ।

फर्मा लबी राष्ट्रसंघको माध्यमबाट गरिबी, महामारी, कुपोषण, भोकमरी, बिमारी, प्राकृतिक प्रकोप आदिको नाममा आफ्नो धन्दा चलाइरहेको छ । राष्ट्र संघ एउटा मकुण्डो हो । सन् १९४५ पछि सोझै कुनै मुलुकमाथि आक्रमण गरेर अधीनमा ल्याउने तरिका फेरिएको छ । अब शैली फरक भएको छ । अब प्रत्यक्ष आक्रमण गरेर कुनै मुलुकलाई आफ्नो अधीनमा नगरेर त्यस मुलुकको सत्ता कब्जा गर्ने नीति लिइएको छ राष्ट्रसंघमार्फत । जस्तै नेपाल । यसको लागि राष्ट्रसंघले मानव अधिकार, नागरिक समाज, लोकतन्त्र बचाउने आदि नाममा, शिक्षाको नाममा, गरिबीको नाममा, आइएनजिओ र एनजिओको माध्यमबाट कुनै पनि गरिब मुलुक जो स्रोतसाधनले धनी छ त्यसलाई आफ्नो कब्जामा लिने गरेको छ ।

आफूप्रति बफादार मानिसहरूलाई न्यायालय, विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान, मिडिया आदिमा नियुक्ति दिलाउँछ । त्यस देशको मिडियालाई आफ्नो नियन्त्रणमा लिन्छ । उनीहरूले आतंकवादीहरूलाई पनि लगानी गर्छन् र आतंकवाद रोक्ने नाममा आफँै त्यहाँ आफूसँग संलग्न सेनाहरूलाई त्यस देशमा उतारेर विध्वंश मच्चाउँछन् । यसपछि ती देशहरूलाई प्रभावित पार्न तीन एमको सहारा लिन्छन्, मुभी, मिडिया र मिलिट्री । यी कुराहरूलाई सहयोग गर्छ चौथो एम अर्थात् मनी अर्थात् डलर । यो डलर अमेरिकी सरकारको नभएर यही डिप स्टेटकै हो । यसले अमेरिकी सरकारलाई पनि देश चलाउन कर्जा दिन्छ । यदि डलर अमेरिकाको हो भने उसमाथि ३२ ट्रिलियन डलरको कर्जा कसको हो ?

संसारमा संकट आए यिनीहरू खुशी हुन्छन् किनकि डलरको भाउ बढ्छ । संसारको अरू मुद्राहरू डलरभन्दा धेरै कमजोर हुन्छन् । यिनीहरूको हतियार, तेल र फार्माले संकटको बेलामै धेरै डलर कमाउने गर्छन् । जसरी यिनीहरूबाट सिर्जित कोरोना भाइरसको समयमा कमाए र अझै पनि हाम्रो जस्तो मुलुकहरूमा जबरदस्ती कोरोना भ्याक्सिन बेचेर कमाइरहेका छन् । यसबाट बच्ने उपाय हामीले हाम्रो गौरवपूर्ण अतीतलाई त्यसको कमीकमजोरीलाई पञ्छाएर फर्काउनु हो ।

गुलिभर समुद्र यात्रामा निस्कन्छन् तर जहाज डुबेपछि उनी जासरीतसरी समुद्रबाट बाहिर आउँछन् । किनारामा उनी पल्टिन्छन् थाकेर । उनलाई निद्रा आउँछ, निद्रामा उनी बेहोस् हुन्छन् । जब उठ्छन्, उनी नराम्रोसँग बाँधिएका हुन्छन् । बन्धन फुकाल्न खोज्छन् तर असफल हुन्छन् । उनीमाथि सानासाना मानिस लिलिपुटहरू उफ्रिरहेका हुन्छन् । गुलिभरले आफूलाई बन्धनमुक्त गर्न खोज्दा सियो आकारको वाणहरू उसको शरीरमा घोपिन्छ । पीडाले छटपटाउँछन् र बेहाल हुन्छन् ।

अन्त्यमा उनी वसमा आएपछि उनीसँग केही शर्तहरू राख्छन् लिलिपुटहरूले । उनले मानेपछि बन्धन खुकुलो पारिदिन्छन् । केही दिनपछि उनी उनीहरूको पाल्तु भएको विश्वास भएपछि सम्राट कहाँ लगिन्छ । उनीबाट काम लिइन्छ । उनीसँग भाग्ने कुनै उपाय थिएन, न त जहाज नै थियो न त डुंगा नै । केही समयपछि उसले छिमेकी राज्यमा आक्रमण गरेर युद्धक पोतहरू लिएर आउँछन् । सम्राट, साम्राज्ञीबाट स्याबासी पाउँछन् तर उनको केही शत्रुु पनि हुन्छन् । उनीहरूले उनलाई मार्ने षड्यन्त्र गरेको थाहा पाएपछि उनी त्यहाँबाट भाग्छन् ।

२०६३ सालदेखि हामी नेपाली पनि डिप स्टेटका लिलिपुटहरूबाट बन्दी भएका छौं, उनीहरूको स्वार्थमा काम गरिरहेका छौं । कहिलेकाँही नयाँ लिलिपुटहरूलाई पनि आफ्नो मुक्तिदाता सम्झेर सिंहासनमा बसाउँछौं वा बसाउन आतुर हुन्छौं । तर, यी सबै डिप स्टेट तथा इलुमिनाटीका गुलाम हुन् भन्ने बिर्सिन्छौं । यिनीहरूलाई खुसी पारे आफू सुखी भइन्छ भन्ने भ्रममा बाँचेका छौं । अब समय आएको छ, हामीले डिप स्टेटका लिलिपुटहरूले बाँधेको बन्धनलाई फुकालेर हाम्रो सुनौलो गौरवपूर्ण अतीतलाई फर्काउन अबेला गर्न हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?