‘डिजिटल इण्डिया’ ले बदलिँदै भारतको अनुहार

Read Time = 12 mins

✍️श्रीमननारायण

दक्षिण छिमेकी भारत विश्वको उदाउँदो आर्थिक शक्ति हो । बलियो अर्थतन्त्र र शक्तिमा त यो विश्वमा परिचित छ नै सूचना र प्रविधिमा पनि भारतले अभूतपूर्व प्रगति गरिरहेको छ । डिजिटल प्रविधि र त्यसको व्यावहारिक प्रयोगमार्फत विश्वका अगुणी देशको रूपमा गनिन थालेको छ । सफल डिजिटल इण्डियाले देशको मुहार नै फेर्ने काम गरेको छ । सूचना प्रविधिको क्षेत्रमा भारतको प्रगतिको यात्रा केही दशकअघिदेखि नै जारी छ । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ठूलो प्राथमिकता दिएका कारण आमभारतीय नागरिक पनि यसको प्रयोगलाई आफ्नो दैनिक जीवनको अभिन्न अंग बनाएका छन् ।

केही समयअघि माइक्रोसफ्टका प्रमुख सत्य नडेला भारत भ्रमणमा आएका थिए । यात्राका क्रममा उनले एक कार्यक्रममा भारतको डिजिटल स्वरूपको निकै प्रशंसा गरेका थिए । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले डिजिटल प्रविधिको सदुपयोगलाई तीव्रता प्रदान गरेर देशलाई जसरी डिजिटलका रूपमा सशक्त बनाएको छ, जसरी समाज र ज्ञानमा आधारित अर्थतन्त्रमा बदल्ने काम गरिरहेको छ, यस्तो विगतमा नरहेको बताएका थिए । त्यसै गरी केहीअघि भारत भ्रमणमा आएको जी–२० प्रविधिको टोलीले भारतलाई ‘डिजिटल प्रविधि’को अग्रणी भनेको थियो ।

भारतमा भइरहेको डिजिटल परिवर्तनको सराहना गर्दै घरेलु हस्तकलाको वस्तु खरिदमा पनि उनीहरूले समेत युपिआईको प्रयोग गरेका थिए । प्रतिनिधि टोलीका एक सदस्य रासा खालिविन अफतानले सबै देशले भारत र यसको उच्च प्रविधि सिक्न जरुरी भएको बताएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ जुलाई १ मा डिजिटल इण्डिया अभियान सार्वजनिक गरेका थिए । यस अभियानको प्रारम्भिक उद्देश्य भनेको ग्रामीण क्षेत्रलाई द्रुत गतिको इनटरनेट सञ्जालसँग जोडदै देशमा डिजिटल साक्षरता र प्रयोगमा सुधार ल्याउनु थियो ।

यो अभियान विशेष रूपमा तीन क्षेत्रमा केन्द्रित थियो । एक प्रत्येक नागरिकका लागि उपयोगिताका रूपमा डिजिटल पूर्वाधार ढाँचा, दुई माग शासन र सेवा तथा तीन, डिजिटल सशक्तीकरण । खास गरिकन डिजिटल इण्डियाका नौवटा स्तम्भ रहेका छन् । ती हुन ब्रोडव्याण्ड हाइवे, मोबाइल कनेक्टिभिटीसम्म आमनागरिकको पहुँच, सार्वजनिक इन्टरनेट पहुँच कार्यक्रम ई–सरकार प्रविधिमार्फत सरकारमा सुधार ई–क्रान्तिः सेवाको इलेस्ट्रिक डेलिभरी सबैका लागि सूचना, इलेक्ट्रोनिक्स निर्माण, जागिरका लागि आइटी र बाली कार्यक्रम यीमध्ये प्रत्येक क्षेत्र आफैंमा डिजिटल कार्यक्रम छन् । डिजिटल इण्डिया अन्तर्गत महत्वपूर्ण कदममा डिजिटल कर, ई–स्वास्थ्य अभियान, ई–शिक्षा अभियान, ई–क्रान्ति सेवाको इलेक्ट्रोनिक डेलिभरी भीमः युपिआई पोर्टल र ई–अस्पताल आदि रहेका छन् ।

भारतमा भइरहेको डिजिटल परिवर्तनको सराहना गर्दै घरेलु हस्तकलाको वस्तु खरिदमा पनि उनीहरूले समेत युपिआईको प्रयोग गरेका थिए । प्रतिनिधि टोलीका एक सदस्य रासा खालिविन अफतानले सबै देशले भारत र यसको उच्च प्रविधि सिक्न जरुरी भएको बताएका थिए ।

डिजिटल इण्डिया कार्यक्रम भलै औपचारिक रूपमा सन् २०१५ मा सुरु भएपनि यसको जग भने पूर्वप्रधानमन्त्री अटल विहारीवाजपेयीले सन् २००२ मै राखेकाछन् । वाजपेयी नेतृत्वको सरकारले नै भारतमा एक सशक्त सूचना र सञ्चार नेटवर्क बनाउने घोषणा गरेको थियो । आज डिजिटल प्रयोगको मञ्चमा भारत विश्वव्यापी रूपमा अग्रणीदेश मानिन्छ । भारतका ८४ करोड जनता इन्टरनेटसँग जोडिएको र एक अर्बभन्दा बढी जनसंख्या मोबाइल फोन प्रयोगकर्ता रहेको बताइएको छ । यसमा झण्डै ६० करोड मानिसले स्मार्टफोन प्रयोग गररहेका छन् ।

भारतको डिजिटल अर्थव्यवस्थाले सन् २०२५ सम्म एक ट्रिलियन डलर पार गर्ने सम्भावना छ । ई–सरकारसँग सम्बन्धित इलेक्ट्रोनिक कारोवारमा तीव्र वृद्धि भएको छ । भारत नेट कार्यक्रमअन्तर्गत करिब तीन लाख किलोमिटरको अप्टिकल फाइबर नेटले १.१५ लाखभन्दा बढी गाउँलाई एकअर्कासित जोडेको छ । गाउँदेखि शहरसम्म साना खुद्रा व्यापारीदेखि ठूलठूला व्यावसायिक संस्थान सबैले युपिआईको प्रयोग गरिरहेका छन् । सानोभन्दा सानो वस्तु खरिद–बिक्रीमा पनि क्युआर प्रयोग गरिरहेका छन् । यसले भारतलाई डिजिटल इण्डियामा बदलिरहेको छ ।

त्यसो त डिजिटल इण्डियाले सफलतापूर्वक इन्टरनेट कनेक्टिभिटीको विस्तार गरेको छ, साथै, ई–सरकार, ई–स्वास्थ्य जस्ता महत्वपूर्ण नीति लागू पनि गरिसकेको छ, भने यो अभियान डिजिटल साक्षरतालाई बढावा दिन र डिजिटल प्रविधिसम्म पुर्याउन चाहने अन्य देशका लागि सिकाइको मोडेलका रूपमा पनि काम लाग्न सक्छ । हुनत भारत सप्mटवेयरको एउटा महाशक्तिकै रूपमै मानिन्छ तर पनि नागरिकहरूको निम्ति इलेक्ट्रोनिक सरकारी सेवाहरूको उपलब्धतामा केही कमी देखिएको थियो ।

सन् २००६ मा अनुमोदित राष्ट्रिय ई–शासन योजनाले मिसन मोड परियोजनालाई र कोर आईसिटी आधारभूत सुविधाको माध्यमबाट निरन्तर प्रगति गरेको छ तर देशमा इलेक्ट्रोनिक्स पुनर्संरचना र ई–शासनमा प्रभावकारी प्रगति सुनिश्चित गर्न थप प्रयास भइरहेका छन् । डिजिटल इण्डिया मिसन यस लक्ष्यलाई पूरा गर्नमा सहयोगी सावित भइरहेको छ । खासगरिकन इलेक्ट्रोनिक सेवाहरू, उत्पादनहरू, उपकरण, पुनर्संरचना र रोजगारका अवसरलाई यसमा सामिल गराईएपछि समावेशी विकासलाई मदत मिल्नेछ । २१औं शताब्दिमा भारत आफना नागरिकको आकांक्षालाई पूर्ति गर्ने प्रयास गर्नेछ । डिजिटल इण्डियाको उद्देश्य भनेको सूचना प्रविधि (आईटी) क्षमताको उपयोग गरी देशलाई डिजिटल रूपमा भारतलाई सशक्त सम्मान र ज्ञान अर्थ व्यवस्थामा परिणत गर्नु हो ।

डिजिटल इण्डिया कार्यक्रमको उद्देश्य देशलाई डिजिटल रूपमा सशक्त समाज र ज्ञान अर्थव्यवस्थामा परिणत गर्नु रहेको छ । यो कार्यक्रम इलेक्ट्रोनिक्स र सूचना प्रविधि विभागद्वारा परिकम्पापरिलित गरिएको हो । यो कार्यक्रम वर्तमान अवस्थामा तीव्र गतिमा कार्यान्वयनमा आएको छ ।

डिजिटल इण्डिया कार्यक्रमको उद्देश्य देशलाई डिजिटल रूपमा सशक्त समाज र ज्ञान अर्थव्यवस्थामा परिणत गर्नु रहेको छ । यो कार्यक्रम इलेक्ट्रोनिक्स र सूचना प्रविधि विभागद्वारा परिकम्पापरिलित गरिएको हो । यो कार्यक्रम वर्तमान अवस्थामा तीव्र गतिमा कार्यान्वयनमा आएको छ । सरकारी सेनाहरूलाई इलेक्ट्रोनिक रूपमा नागरिकलाई उपलब्ध भइरहेको छ । वर्तमानमा अधिकांश ई–गवर्नेन्स परियोजनाका लागि धनको स्रोत केन्द्रित अथवा राज्य सरकारसित सम्बन्धित मन्त्रालय विभागको बजेट प्रावधानको माध्यमबाट हुने गर्दछ ।

प्रत्येक नागरिकको निम्ति इन्फ्राष्ट्रक्चरलाई कसरी उपयोगी बनाउन सकिन्छ भन्ने दिशामा काम भएका छन् । खासगरिकन यस माध्यमबाट नागरिकले सम्बन्धित निकायसित माग गर्ने र सम्बन्धित निकायले सेवा प्रदान गर्ने काम हुन्छ । यसरी नागरिकलाई डिजिटल सशक्तीकरण गर्ने काम भएको छ । एकातिर उपयोगिताको रूपमा उच्च गतिको इन्टरनेट सबै गाउँ पञ्चायतमा उपलब्ध गराइएको छ । यसबाट जन्मदेखि मृत्युसम्म डिजिटल पहिचान अद्वितीय आजीवन अनलाइन र प्रमाणिक पनि भएको छ । मोबाइल फोन र बैंक खाता व्यक्तिगत स्तरमा डिजिटल तथा वित्तीय कारोबारमा भाग लिन सक्षमता प्रदान गर्नेछ । कामन सर्बिस सेन्टर खोलिएका छन् ।

पब्लिक कलाउडमाथि साझा गर्न लायक निजी स्थान र देशमा सुरक्षित एवं भरपर्दो साइबर–स्पेश भारतलाई एउटा प्रशिक्षित, आधुनिक शिक्षा एवं प्रविधियुक्त बनाई विश्वमा अग्रणी स्थान दिलाउनु पनि यसको लक्ष्य रहेको हुनसक्छ । परिवर्तनलाई साकार तथा सक्षम बनाउन प्रौद्योगिक केन्द्रको रूपमा स्थापित गर्नु र कुनै पनि कार्यक्रम बारे सबैलाई सहज रूपमा जानकारी उपलब्ध गराउनु रहेको छ । भारत अब क्युआरको प्रयोगबाट चना, सत्तु, भुजा, आइस्क्रीम, सैलुन, नाशता र सानाठूला पसलहरूमा सजिलै डिजिटल लेनदेन गर्न सकिन्छ । यसरी डिजिटल इण्डियाले भारतको अनुहारलाई फेर्ने काम गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?