ए डिभिजन लिग: मनाङ र पुलिसले बराबरी खेले

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । रेलिगेशन क्षेत्रको विभागीय टोली नेपाल पुलिस क्लवले सर्वाधिक ८ पटकको शहीद स्मारक ए डिभिजन लिग च्याम्प्यिन मनाङ मस्र्याङ्दी फुटबल क्लवलाई बराबरीमा रोकेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मनाङलाई २–२ गोलको बराबरीमा रोकेको हो । निकै रोमाञ्चक बनेको खेलमा पुलिसले मनाङले लिएको अग्रतालाई रोक्दै अंक खोस्न सफल भएको हो । मनाङका लागि रोशन राना मगर र शहीद अजिजले गोल गर्दा पुलिसका लागि दुवै गोल अहमद हिजाजीले गरे । खराब लयबाट गुज्रिरहेको पुलिसले खेलको १६ औं मिनेटमा विदेशी खेलाडी हिजाजीको गोलबाट लिएको थियो । उनले मोसेसको पासमा हिजाजीले पेनाल्टी बक्स भित्रबाट आकर्षक गोल गर्न सफल भएका थिए । हिजाजीको पासमा पेनाल्टी बक्स भित्रबाट मोसेजको प्रहार बार माथिबाट बाहिरिँदा पुलिसले अग्रता दोब्बर बनाउने अवसर गुमायो । ३३ औं मिनेटमा रोशनले गोल गर्दै मनाङलाई बारबरीमा ल्याए । ४४ औं मिनेटमा जमोलले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर शत्रुधनले पञ्च गर्दै बाहिर पठाएपछि ४५ औं मिनेटमा अजिजले मनाङलाई २–१ ले अगाडी बढाए । अजिजले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा हानेको प्रहारले सिधै जाली चुमेको थियो ।

त्यसपछि रोमाञ्चक बनेको दोस्रो हाफको ७१ औं मिनेटमा हिजाजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–२ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोलका लागि प्रयास भएपनि गोल हुन सकेन र दुवै टोलीले अंक बाँड्न बाध्य भए । ८२ औं मिनेटमा २५ यार्डबाट मनाङका विसोन गुरुङको लामो प्रहार गोलकिपर शत्रुधनले पञ्च गर्दै बाहिर पठाएर पुलिसको संकट टारेका थिए ।

यससँगै जारी लिगमा मनाङबिरुद्ध पुलिसले अपराजित यात्रा कायम राखेको छ । पहिलो लेगमा पुलिसले १–० को जित निकालेको थियो । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्यायाङ्दी क्लव र विभागीय टोली नेपाल पुलिस क्लवले २–२ को बराबरी खेलेका छन् । बराबरीसँग मनाङ १६ खेलमा १४ खेलमा पाँच जित, पाँच बराबरी र ६ हारको नतिजासहित २० अंक जोडेरआठौं स्थानमा छ । पुलिस समान खेलमा चार जित, चार बराबरी र आठ हारको नतिजासहित १६ अंकका साथ पुछारमा छ ।

लिग अन्तर्गत सोमबार नै भएको अर्को खेलमा ललितपुरे टोली फ्रेण्ड्सले खुमलटार युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई तथा सन्तोष खत्रीले एक गोल गरे भने खुमलटारका मेसुके ओलोमोउले एक गोल फर्काए । यससँगै फ्रेण्ड्सले १६ खेलबाट १९ अंक बनाएको छ भने खुमलटारको १६ खेलबाट १७ अंक छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?