सिन्धुपाल्चोकमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

सिन्धुपाल्चोकको गणेशे बगरबाट सोमबार राति हेलम्बु गाउँपालिका–२ डोडेनी जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको आईचर ट्रक दुर्घटना हुँदा सोही गाउँपालिका बस्ने ३० बर्षीया पेमा तामाङको मृत्यु भएको हो ।

घाइते चार जनामध्ये दुई जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अन्य दुई जना भने सामान्य घाइते रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चन्द्रभुषण यादवले जानकारी दिनुभयो ।

ट्रक ब्रेक फेल भई दुर्घटना प्रहरीको भनाइ छ। ट्रक चालक फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?