माधव नेपाल र वामदेव गौतमबीच छलफल, पार्टी एकताका विषयमा कुराकानी

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी हुनुभएको थियो।

नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार एकताका विषयमा भएको छलफल सकारात्मक रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?